× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाल भाषा (नेवारी) र तामाङ सरकारी कामकाजको भाषा बनाउन ऐन निर्माण गर्दै वाग्मती प्रदेश सरकार

    २ वर्ष पहिले

    चैत्र-३, वाग्मती प्रदेशभित्र नेपालीसँगै नेपाल भाषा(नेवारी) र तामाङलाई सरकारी कामकाजको भाषा बनाउन एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ।

    शुक्रवार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा काठमाडौंमा बसेको तामाङ/नेवारी (नेपाल भाषा)कार्यान्वय तयारीसम्बन्धी समितिको बैठकले उक्त निर्णय गरेको हो।

    अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयमा लगिने मुख्यमन्त्री जम्कट्टेलले बताए। भने, ‘बहुसंख्यक नेवार र तामाङ समुदायको बसोबास रहेको वाग्मती प्रदेशमा आम नागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भनेर भाषासम्बन्धी ऐन ल्याउन लागेका हौं।’

    एक महिनाभित्र ऐन निर्माण गरेर आउँदो नयाँ वर्ष (बैशाख महिना)मा संसद्मा पेश गरिने समितिका अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन्। एक महिनाअघि सामाजिक विकास मन्त्री मोक्तानको अध्यक्षतामा उक्त समिति बनेको थियो।

    समितिमा श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठसँगै दुई विज्ञ सदस्य डा गणेश योञ्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन्।