× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशको पहाडी तथा तराई भू-भागको केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २ वर्ष पहिले

    चैत्र -६, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार मेघ गर्जन, चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    विभागका अनुसार देशभर आँशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ सहित वर्षा भइरहेको छ।

    दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, रात देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।