× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बसन्त कुँवरलाई नेपाल प्रहरीको आइजी बनाउने सरकारको निर्णय

    २ वर्ष पहिले

    चैत्र-१०, प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त कुँवरलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको छ। शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले कुँवरलाई महानिरीक्षक बनाउने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

    प्रहरी महानिरीक्षकका लागि ५ जना नायव महानिरीक्षकलाई फागुन २६ गते सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो। बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई अतिरिक्त महानिरीक्षकमा नियुक्त गरिएको थियो।

    यिनै ५ जना एआइजी मध्येबाट सरकारले नेपाल प्रहरीको नयाँ प्रमुख नियुक्त गर्ने तयारी गरेकोमा अंकका आधारमा पहिलो स्थानमा रहेका कुँवरलाई सरकारले महानिरीक्षक बनाउने निर्णय गरेको हो।