× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज छैठौं विश्व नेवाः दिवस मनाउँदै

    २ वर्ष पहिले

    चैत्र -११, आज छैठौं विश्व नेवाः दिवस मनाइँदैछ । नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले हरेक मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ का रुपमा मनाउने गरिन्छ ।

    सांस्कृतिक रुपले निक्कै सम्पन्न मानिने नेवार समुदायको आफ्नौ भाषा र लिपि रहेको छ । विश्वका विभिन्न देशहरुमा जस्तै नेपालमा पनि आज नेवाः सँग सम्बन्धित सङ्घसङ्गठनले यो दिवस मनाउने गर्छन् ।

    यो वर्षको नेवा: दिबस मनाउने सन्दर्भमा विश्वभरी छरिएर रहेको नेवा: सरोकारका सम्बन्धमा निरन्तर क्रियाशील हलिं नेवा: दबू अन्तर्गत नेपाल च्याप्टरले शनिबार काठमाडौंको बसन्तपुरमा यो दिवस मनाउन लागेको हो।

    वर्ल्ड नेवा: अर्गनाइजेसनका नेपाल च्याप्टरले बसन्तपुर डबलीमा औपचारिक कार्यक्रम गर्ने जनाएको। “सांस्कृतिक प्रवद्धन को लागि हलिं नेवा: दिवस” भन्ने नारासहित यसवर्ष मनाइने लागेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि रहने अर्गनाइजेसनले जनाएको छ।