× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २४ नयाँ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ७८ पुग्यो

    १ वर्ष पहिले

    चैत्र-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ६९ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ४ सय ९६ जना पुगेको छ ।

    २४ घण्टामा ३ सय २० जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या १५ जना रहेको छ । हालसम्ममा ६० लाख १९ हजार ३ सय ८ जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा ११ सय ९ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ९ जना रहेको छ। हालसम्ममा १६ लाख ३७ हजार ७ सय ९३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या ३ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८९ हजार १ सय ६५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ७८ जना रहेको छ।