× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सत्ता गठबन्धनको तर्फबाट चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी

    १ वर्ष पहिले

    चैत्र-१६, सत्ता गठबन्धनबाट चितवन– २ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेसको पदाधिकारी तहमा श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति जुटिसकेको छ। गत आम चुनावमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नागरिकता प्रकरण दोषी ठहर भएपछि पद खाली भएको थियो ।

    आगामी वैशाख १० गते चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस चितवनले ११ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम समावेश थियो ।

    १३ जना मध्येबाट श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ । बिहीबार विहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने ती पदाधिकारीले बताए । उनले भने, ‘पार्टीको मुलधारकै मान्छेलाई दिनेमा सहमत भएका छौं । अस्तिको जस्तो उमेश श्रेष्ठ जस्तो बाहिरबाट उम्मेदवार नबनाउने सबैको समझदारी छ । अब पूर्व जिल्लासभापति जितनारायण श्रेष्ठ उम्मेदवार बन्नुहुन्छ ।’ औपचारिक निर्णय भने आज बस्ने कार्यसम्पादन समिति बैठकले गर्ने बताए ।