× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    उपनिर्वाचनका लागि कांग्रेसले टुङ्गो लगायो उम्मेदवार, बारा- २ मा जसपाका उपेन्द्र यादवलाई छाड्ने

    १ वर्ष पहिले

    चैत्र -१६, नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ।

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकले चितवन- २, बारा- २ र तनहुँ- १ का लागि उम्मेदवारको टुङ्गो लगाएको हो।

    बैठको निर्णय अनुसार पार्टीले चितवन- २ मा पार्टीको जिल्ला सभापतिसमेत रहेका जीतनारायण श्रेष्ठ र तनहुँ- १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ।

    यस्तै, पार्टीले बारा- २ मा जनता सामाजवादी पार्टी(जसपा)का उपेन्द्र यादवलाई छाड्ने निर्णय गरेको छ।

    चितवन- २ मा यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

    यस्तै, बारा- २ मा रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। जसपाबाट उम्मेदवारी दिएर विजयी भएका उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

    यसैगरी, तनहुँ- १ मा रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसबाट विजयी भएका उनी राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।