× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन २ मा एमालेबाट अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी पक्का

    १ वर्ष पहिले

    चैत्र-१७, चितवन २ मा हुने उपनिर्वाचनका लागी नेकपा एमालेको तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने पक्का भएको छ ।

    एमाले क्षेत्रीय कमिटीले न्यौपानेको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । जिल्ला कमिटीको आज बसेको बैठकले पनि सर्वसम्मत रुपमा न्यौपानेको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

    यसअघि यस क्षेत्रबाट न्यौपानेसंगै पोल्ट्री विज्ञ डा.तिलचन्द्र भट्टराई, कालिका नगरपालिका पूर्व मेयर गोपी श्रेष्ठ र नेता तेजेन्द्र खड्काको नाम चर्चामा थियो । उपनिर्वाचनका लागि यही चैत २० गते मनोनयनपत्र दर्ता गर्ने तालिका रहेको छ । सोही कारण एमालेले आजै नाम टुंगो लगाएको हो ।

    उपनिर्वाचनमा नेपाली कांग्रेसबाट चितवनका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उम्मेदवार बन्दैछन् ।

    गत मंसिर ४ गते भएको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए । उनको नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि लामिछानको सांसद पद गुमेको थियो । त्यसै कारण चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।