× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अर्को निर्वाचनपछि रास्वपाले बहुमतको सरकार चलाउने सभापति रवि लामिछानेको ठोकुवा

    १ वर्ष पहिले

    चैत्र -१८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्को निर्वाचनपछि आफूहरूले बहुमतको सरकार चलाउने ठोकुवा गरेका छन्।

    शनिबार पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले पाँच वर्षपछि हुने निर्वाचनमा आफूहरूले बहुमत ल्याएर सरकार चलाउने ठोकुवा गरेका हुन्।

    ‘अर्को चुनावमा हाम्रो बहुमतको सरकार चलाउँछौं। यसको संकेत जनमतले दिइसकेको छ। त्यतिखेर मन्त्रालय गएर सरकारी साधन स्रोतको दुरुपयोग गरेर पढ्ने सिक्ने, बुझ्ने सुविधा छैन्। त्यसकारण यो पाँच वर्ष हामीले सत्ताको अनुभव र प्रतिपक्षको अनुभव पनि सम्हाल्नुपर्छ,’ उनले भने।

    सभापति लामिछानेले आफूहरुले सरकारमा गएर नचाहिने काममा हस्ताक्षर नगर्ने बताए। उनले सरकारमा गए बेठीक र प्रतिपक्षमा बसे ठीक भन्ने भाष्य काम नलाग्ने बताए।

    ‘सरकारमा गएर नचाहिने हस्ताक्षर गर्ने र नचाहिने कुरामा सघाउने काम गर्नुहुँदैन। सत्तामा गयो भने बिग्रियो पदलोलुप भयो भन्ने प्रतिपक्षमा बसे छ भने गज्जव गरेछ भन्ने भाष्य काम नलाग्न सक्छ,’ उनले भने।