× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रास्वपाका उम्मेदवार सामु कांग्रेस, एमाले, माओवादी लगायत अन्य दलका संयुक्त गठबन्धन उम्मेदवार पराजित

    १ वर्ष पहिले

    चैत्र-२०, झापाको सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा कांग्रेस, एमाले र माओवादीको संयुक्त उम्मेदवारलाई रास्वपाका उम्मेदवारले पराजित गरेका छन् ।

    निर्वाचनमा अध्यक्षका उम्मेदवार स्वतन्त्रका भीमप्रसाद अधिकारी निर्वाचित भए । उनले स्वतन्त्र पार्टीको समर्थनमा उम्मेदवारी दिएका थिए।

    निर्वाचनमा अध्यक्षका उम्मेदवार स्वतन्त्रका भीमप्रसाद अधिकारी निर्वाचित भए । उनले स्वतन्त्र पार्टीको समर्थनमा उम्मेदवारी दिएका थिए । अधिकारीले १२८७ मत ल्याएका थिए ।

    अधिकारीका प्रतिस्पर्धी कांग्रेस, एमाले, माओवादी, राप्रपा र जसपा समर्थित उम्मेदवार प्रेमप्रकाश चुँडाल १५२ मतले पराजित भए । चुडालले ११३७ मत ल्याएका छन् ।

    अध्यक्ष बाहेक अन्य उपाध्यक्ष, सचिव, कोषाध्यक्ष ३ खुल्ला सदस्य र २ महिला सदस्यमा भने चुडाल प्यानल विजयी भएको छ ।

    त्यस्तै उपाध्यक्षमा ५ दल समर्थित राजेन्द्र उप्रेती १ हजार १ सय ६३ मत ल्याउँदै विजयी भए । सचिवमा १२०३ मत ल्याउँदै गोविन्द पौडयाल, कोषाध्यक्षमा १ हजार २ सय १५ मत ल्याउँदै खेमराज कार्की विजयी भएका छन् भने सदस्यहरुमा गोपाल खरेल, लक्ष्मीप्रसाद ओडारी र भरतकुमार श्रेष्ठ विजयी भएका छन् ।

    यस्तै महिला सदस्यमा सोमा प्रसाईँ खरेल र हरिमाया राई विजयी भएका छन् । संस्थामा ४ हजार १२८ मतदातामध्ये २६१४ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक जनार्दन उप्रेतीले जानकारी दिए ।