× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला १ लाख ११ हजार रुपैयाँ

    १ वर्ष पहिले

    चैत्र-२२, आज (बुधबार) सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला २ हजार रुपैयाँले बढेर छापावाला सुन १ लाख ११ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ४० रुपैयाँले घटेर १४ सय ४० रूपैयाँ कायम भएको छ।

    मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको थियोे।