× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसँगै नेपाली भाषा पनि प्रयोग गर्न सकिने

    १ वर्ष पहिले

    चैत्र -२२, सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसँगै नेपाली भाषा पनि प्रयोग गर्न सकिने गरी कानून संसोधन गर्ने भएकाे छ । लामो समयदेखिको विवादपछि सवारी साधानमा जडान हुने इम्बोस्ड नम्बर अव नेपाली र अंग्रेजी दुबै भाषामा हुने भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा पनि प्रयोग गर्न सकिने गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संसाेधन गर्ने निर्णय लिएकाे हाे ।

    यसअन्तर्गत ऐनको अनुसूची २ लाई संसोधन गरी इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसहित नेपाली भाषा पनि प्रयोग गर्न सकिने नीति लागू हुनेछ । यसको अर्थ अब सवारीचालकले आफ्नो इच्छाअनुसार इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा वा अंग्रेजी भाषा प्रयोग गर्न सक्नेछन् ।

    मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ”इम्बोस्ड नम्बरप्लेटको अंग्रेजीमा छपाई भइसकेका कारण त्यसलाई पुनः छाप्दा दोहोरो खर्च हुने हुँदा यसलाई अंग्रेजीसँगै नेपालीमा पनि गर्न मिल्ने गरी ऐन संसोधन गरिएको हो ।”