× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ९९ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३ सय ५८

    १ वर्ष पहिले

    चैत्र-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ९९ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ९ सय १ जना पुगेको छ ।

    २४ घण्टामा १ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ४१ जना रहेको छ । हालसम्ममा ६० लाख २२ हजार ५ सय ९ जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५८ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ५८ जना रहेको छ। हालसम्ममा १६ लाख ४६ हजार ३ सय ४६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या २६ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८९ हजार ३ सय १६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३ सय ७३ जना रहेको छ।