२ वर्ष पहिले
चैत्र-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १ सय ६ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५४ हजार ६६ जना पुगेको छ ।
२४ घण्टामा ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ७४ जना रहेको छ । हालसम्ममा ६० लाख २५ हजार ८ सय ८८ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा ९ सय ४७ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ४२ जना रहेको छ। हालसम्ममा १५ लाख ५४ हजार २ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ७४ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८९ हजार ६ सय १६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २२ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ सय ३५ जना रहेको छ।