२ वर्ष पहिले
वैशाख-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १ सय ३६ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५४ हजार १ सय जना पुगेको छ ।
२४ घण्टामा १ सय ९७ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ३४ जना रहेको छ । हालसम्ममा ६० लाख २६ हजार ८५ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय २७ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या १ सय २ जना रहेको छ। हालसम्ममा १५ लाख ५५ हजार ४ सय ४७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ६८ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८९ हजार ६ सय ८४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २२ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ सय १ जना रहेको छ।