२ वर्ष पहिले
वैशाख-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ९९ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५४ हजार २ सय २० जना पुगेको छ ।
२४ घण्टामा ३ सय ६४ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ५० जना रहेको छ । हालसम्ममा ६० लाख २६ हजार ६ सय जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ४० जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ४९ जना रहेको छ। हालसम्ममा १५ लाख ५७ हजार ४ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ५० जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८९ हजार ७ सय ७९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २२ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ सय ७७ जना रहेको छ।