× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन बजारमा राजमार्ग छेकेर धर्ना बसेका लघुवित्त पिडितहरुमाथि प्रहरीद्वारा अश्रुग्याँस प्रहार

    १ वर्ष पहिले

    बैशाख-४, चितवनको इच्छाकामना मुग्लिन बजार चोकमा राजमार्ग छेकेर धर्ना बसेका लघुवित्त पिडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

    विभिन्न जिल्लाबाट सयौंको संख्यामा आएर आइतबार बिहानदेखी धर्ना बसेका प्रदर्शनकारीहरु तितरबितर गराउन प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार तथा लाठ्ठी चार्ज गरेको हो ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि अश्रुग्याँस प्रहार गरिएको छ । अश्रुग्याँस प्रहारपछि भीड तितरबितर भएको छ । एकजना घाइते भएका छन् । उनको स्थानीय हाइवे अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

    लघुबित्तपीडितहरुले सोमबार बिहान १० बजेदेखि पृथ्वी राजमार्ग छेकेर प्रदर्शन गरिरहेका थिए । राजमार्गमा धर्नाका कारण मुग्लिन हुँदै काठमाडौँ, पोखरा, चितवन जाने यात्रुहरु हैरान भएका थिए । चितवनसहित देशभरका विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरु आइतबारदेखि सडकमै पकाउने, खाने, सडकमै सुत्ने गरेका थिए ।