× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १७१ संक्रमित थपिँदा, मृत्यु हुनेको संख्या २

    १ वर्ष पहिले

    वैशाख-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १ सय ७१ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५४ हजार ३ सय ६६ जना पुगेको छ ।

    २४ घण्टामा ९ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या १ सय ५ जना रहेको छ । हालसम्ममा ६० लाख २८ हजार १ सय ५१ जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा १ हजार ३ सय १२ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ६६ जना रहेको छ। हालसम्ममा १५ लाख ५९ हजार ८ सय ६५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या ८५ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८९ हजार ९ सय २४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २५ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३ सय ९७ जना रहेको छ।