× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन क्षेत्र नं २ मा जित्ने र टिक्ने आफैं रहेको एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको दाबी

    १ वर्ष पहिले

    बैशाख-७, चितवन- २ का उम्मेदवार रामप्रसाद न्यौपानेले जित्ने र टिक्ने मान्छे आफैं रहेको दाबी गरेका छन्। उनले आफू नेता भएर होइन, सेवक भएर काम गर्ने बताएका छन्।

    चुनाव प्रचार-प्रसारको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै उनले भने, ‘यहाँ टिक्ने पनि म हुँ र जित्ने पनि म हुँ।’ उनले आफू उक्त क्षेत्रको विकासका लागि खुला संवादका लागि तयार भएको तर अरु डराएको दाबी गरे।

    उनले थपे, ‘कतिपय उम्मेदवार सम्वादका लागि डराइरहनुभएको छ। आउनुहोस् सँगै छलफल गरौं। विकासका लागि तपाईंको धारणा के हो?’

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्तालाई लक्षित गर्दै अन्य दलका समर्थकलाई अश्लिल गाली गरेर देश नबन्ने बताएका छन्। उनले भने, ‘नेकपा एमाले र कांग्रेसका पक्षमा कुरा गर्नेहरुलाई सुन्नै नसकिने शब्दहरु प्रयोग गरिएका छन्। फेक आइडीबाट गालीका बौछार गर्ने, अनि देश बनाउने बन्ने?’ उनले चितवनलाई प्रयोगको थलो बनाउन थालिएको आरोपसमेत लगाए।