× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १०६ संक्रमित थपिँदा, मृत्यु हुनेको संख्या १

    २ वर्ष पहिले

    वैशाख-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १ सय ६ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५४ हजार ५ सय ५७ जना पुगेको छ ।

    २४ घण्टामा ४ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ६४ जना रहेको छ । हालसम्ममा ६० लाख २९ हजार ८ सय ६६ जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा १ हजार ३ सय २ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ४२ जना रहेको छ। हालसम्ममा १५ लाख ६४ हजार २८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या ४६ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९० हजार ९७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २५ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४ सय १४ जना रहेको छ।