× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ७८ संक्रमित थपिँदा, मृत्यु हुनेको संख्या १

    १ वर्ष पहिले

    वैशाख-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ७८ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५४ हजार ५ सय ७७ जना पुगेको छ ।

    २४ घण्टामा २ सय २४ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या २० जना रहेको छ । हालसम्ममा ६० लाख ३० हजार १ सय ९० जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा ९ सय २४ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ५८ जना रहेको छ। हालसम्ममा १५ लाख ६४ हजार ९ सय ५२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या ५० जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९० हजार १ सय ४७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २७ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३ सय ८३ जना रहेको छ।