× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    स्वर्णिम वाग्ले दाेब्बर बढी मतले अगाडि, बारा-२ र चितवन-२ आज मतगणना हुने

    १ वर्ष पहिले

    बैशाख-११, प्रतिनिधि सभा सदस्यका लागि आइतबार उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये तनहुँ-१ को मतगणना अहिले जारी छ भने बारा-२ र चितवन-२ मा सोमबार बिहानदेखि मतगणना सुरू हुन लागेको छ।

    बारा-२ मा बिहान ६ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ। बैठकपछि मतगणना सुरू हुने बताइएको छ।

    चितवन-२ मा पनि ८ बजेका लागि सर्वदलीय बैठक बस्दैछ। आइतबार राति नै सबै ठाउँबाट मतपेटिका संकलन गरिसकिए पनि सर्वदलीय बैठक नबस्दा राति मतगणना सुरू हुन सकेको थिएन।

    तनहुँ-१ मा दोब्बर मतान्तरले स्वर्णिम वाग्लेको अग्रता कायमै

    तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमापछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो अग्रता बढाउँदै लगेका छन्।

    ७६८२ मत गणना हुँदा वाग्लेले ४३०३ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १९३३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ११९८ मत ल्याएका छन्।

    अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निकटतम् प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मतले अग्रता हासिल गरिरहेका छन्। उनले ३४२२ मत पाएका छन्।

    तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।

    तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनालबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।

    गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ-१ मा उपनिर्वाचन भएको हो।