× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ११३ संक्रमित थपिँदा, निको हुनेको संख्या ७२

    १ वर्ष पहिले

    वैशाख-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १ सय १३ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५४ हजार ६ सय ४२जना पुगेको छ ।

    २४ घण्टामा ७ सय ६६ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ६४ जना रहेको छ । हालसम्ममा ६० लाख ३१ हजार ३ सय २६ जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा १ हजार ४४ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ४९ जना रहेको छ। हालसम्ममा १५ लाख ६६ हजार ९ सय ३२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या ७२ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९० हजार २ सय ७३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २७ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३ सय ६२ जना रहेको छ।