२ वर्ष पहिले
वैशाख-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ८२ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५४ हजार ८ सय ७१जना पुगेको छ ।
२४ घण्टामा ४ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ३७ जना रहेको छ । हालसम्ममा ६० लाख ३२ हजार ८ सय ३९ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा १ हजार १ सय ४० जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ४५ जना रहेको छ। हालसम्ममा १५ लाख ६८ हजार ६ सय ४४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ६५ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९० हजार ४ सय २ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २८ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ सय ६१ जना रहेको छ।