× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बाजुरा केन्द्र बिन्दु भएर मध्यराति ५.९ म्याग्निच्युडको भूकम्प

    १ वर्ष पहिले

    बैशाख-१५, बाजुरा केन्द्र बिन्दु भएर मध्यराति ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरालाई केन्द्र बनाएर राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका जिल्लाहरुका अतिरिक्त देशका विभिन्न भागमा पनि महसुस गरिएको थियो ।

    राति नै मानिसहरूको भागाभाग भएको थियो । भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

    पछिल्लो समय बाजुरा केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ ।

    गए राति नै ११ बजेर ५८ मिनेटमा ४.९ र गत १० वैशाखमा ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।