२ वर्ष पहिले
वैशाख-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १ सय ३ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५४ हजार ९ सय ९९ जना पुगेको छ ।
२४ घण्टामा ६ सय २७ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ५० जना रहेको छ । हालसम्ममा ६० लाख ३४ हजार ५ सय ६ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ९८ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ५३ जना रहेको छ। हालसम्ममा १५ लाख ७० हजार १ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ५३ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९० हजार ५ सय १५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ सय ७५ जना रहेको छ।