२ वर्ष पहिले
वैशाख-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ५१ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५५ हजार १ सय ३४ जना पुगेको छ ।
२४ घण्टामा २ सय ५ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या २२ जना रहेको छ । हालसम्ममा ६० लाख ३४ हजार ७ सय ११ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ३३ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या २९ जना रहेको छ। हालसम्ममा १५ लाख ७२ हजार ४ सय ५२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ५३ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९० हजार ५ सय ५० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ३० जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ सय ६१ जना रहेको छ।