× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशको केही स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा, मधेश प्रदेशमा हावाहुरीको सम्भावना

    १ वर्ष पहिले

    बैशाख-१८,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको केही स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेशमा हावाहुरीको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशै भरका केही स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।

    यसय,राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।