× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यस्तो हुनेछ आजको मौसम

    १ वर्ष पहिले

    बैशाख-२१,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभर सामान्य बदली रहेको छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।