× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मैले राखेका विषयले प्रवेश नै पाएनन्, मौन रहेँ, अब त अति भयो- गगन थापा

    १ वर्ष पहिले

    बैशाख-२४, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र आफूले राखेका विषयले प्रवेश नपाएको अभिव्यक्ति दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्र धेरै समय मौन रहेपनि अब अति भएको बताएका हुन्।

    उनले कुनै निश्चित घटनाप्रति संकेत नगरी थापाले प्रक्रिया चित्त नबुझ्दा, पद्धति र निर्णयहरू मन नगर्दा पनि प्रतिरोध नगरेको बताएका छन्। उनले आफूले राखेका विषयले प्रवेश नै नपाएको गुनासो समेत गरेका छन्।

    ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु।’ थापाले भनेका छन्, ‘एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

    कांग्रेसभित्र सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको भन्दै शेखर-गगन समूहका नेताहरु असन्तुष्ट बनेका छन्।