× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बोल्न नदिएको भन्दै साँसद अमरेशकुमार सिंहले कपडा खोलेर विरोध जनाए

    १ वर्ष पहिले

    बैशाख-२५, सभामुख देवराज घिमिरेले बोल्न आकस्मिक समय नदिएपछि स्वतन्त्र साँसद अमरेशकुमार सिंहले कपडा खोलेर विरोध जनाएका छन् ।उनले कपडा खोलेर अर्धनग्न भएपछि सभामुखले सभ्य हुन नभए कारवाही गर्ने चेतावनी दिएका थिए । धेरै समय उभ्भिएर बोल्न समय माग्दा पनि सभामुखले पेलेर अघि बढेपछि सिंह रुष्ट भएर कपडा खोल्न थालेका थिए ।

    उनले कपडा खोलेपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न अन्यथा कारवाही गर्ने संकेत गरेपछि सिंहले कपडा लगाएका थिए । उनीसँगै मजदुर किसान पार्टीका प्रेम सुवालले पनि बोल्न समय मागेका थिए ।