× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

    १ वर्ष पहिले

    जेठ-१,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ।