२ वर्ष पहिले
जेठ-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या २१ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५५ हजार ३ सय ७६ जना पुगेको छ ।
२४ घण्टामा २ सय ५२ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या १४ जना रहेको छ । हालसम्ममा ६० लाख ४० हजार ९ सय २३ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा एन्टिजन विधिबाट १ हजार ९१ जनामा परीक्षण हुँदा संक्रमितको संख्या ७ रहेको छ। हालसम्ममा १५ लाख ८८ हजार ६ सय ९६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या २२ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९१ हजार ९३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ३१ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ सय १२ जना रहेको छ।