× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनामा १५ दिने वारिष्टा(कफी मेकर) सम्बन्धि ब्यबसायिक तालिम शुरु

    १ वर्ष पहिले

    जेठ-७, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा महिला उद्यमशिल सीप विकास तालिम अन्तर्गत १५ दिने वारिष्टा(कफी मेकर) सम्बन्धि ब्यबसायिक तालिम आज देखि शुरु भएको छ।

    इच्छाकामनामा गाउँपालिकाको आर्थिक तथा रुविना कफिसपको प्राविधिक सहयोगमा इच्छाकामनाका महिलालाई उद्यमी बनाउने योजनाका साथ तालिम शुरु भएको हो।

    १५ दिने वारिष्टा(कफी मेकर) सम्बन्धि तालिमको उद्घाटन कार्यक्रममका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गर्नुभएको थियो।

    प्रमुख अतिथि गुरुङले तालिमलाई तालिमको रुपमा मात्र नहेरेर सिप सिकेर उद्यमी बन्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभएको थियो।

    कफी मेकर तालिमका संयोजक धनकुमार श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष माया सिलवालको विशिष्ट आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन पार्वती मगरतिले गरेका थिए।

    जेठ २२ गतेसम्म संचालन हुने १५ दिने तालिमका लागि इच्छाकामना गाउँपालिकामा विभिन्न वडाका १६ महिला तालिममा सहभागी भएका छन्। तालिमको सहजीकरण रुविना श्रेष्ठले गर्ने छिन् ‌।