× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

    १ वर्ष पहिले

    जेठ-१५,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती सुदूरपश्चिम प्रदेशमा सामान्य बदली, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली, र देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।