× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बजेटको आकार २.३७ प्रतिशतले घट्यो, १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत

    १ वर्ष पहिले

    जेठ-१५, सरकारले बजेटको आकार घटाएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारको बजेटको आकार २.३७ प्रतिशतले घटेको हो।

    अर्थमन्त्री प्रकाशशरण महतले संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरे। चालू आव रु.१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरिएको थियो।

    स्रोत व्यवस्थापन मुश्किल परेपछि सरकारले बजेटको आकार घटाएको हो। बजेटको आकार घटाउन विभिन्न मन्त्रालय र निकायको बजेट घटाइएको छ।

    आगामी वर्ष नियमित तलबभत्ता, अनुदान लगायतमा हुने चालू खर्चका लागि रु.११ खर्ब ४१ अर्ब ७८ करोड बजेट छुट्याइएको छ। यो कुल बजेटको ६५.२ प्रतिशत हो।

    विकास निर्माणलक्षित पूँजीगत खर्चका लागि रु.तीन खर्ब दुई अर्ब सात करोड विनियोजन गरिएको छ। यो कुल बजेटको १७.२५ प्रतिशत हो। वित्तीय व्यवस्थाका लागि रु.तीन खर्ब सात अर्ब ४५ करोड छुट्याइएको छ।

    आगामी आर्थिक वर्षमा १२ खर्ब ४८ अर्ब ६७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ। वैदेशिक सहायताबाट रु.४९ अर्ब ९४ करोड राजस्व उठाउने लक्ष्य राखिएको छ।

    त्यसैगरी, वैदेशिक ऋणबाट रु.दुई खर्ब १२ अर्ब ६५ करोड र आन्तरिक ऋणबाट रु.दुई खर्ब ४० अर्ब उठाउने लक्ष्य राखिएको छ।