२ वर्ष पहिले
जेठ-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ७ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ६७ हजार ४ सय ६४ जना पुगेको छ ।
२४ घण्टामा २ सय ८३ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ६ जना रहेको छ । हालसम्ममा ६० लाख ४५ हजार १ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा ३ सय ३४ जनमा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या १ जना रहेको छ। हालसम्ममा १५ लाख ९७ हजार ५ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ६ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९१ हजार २ सय ७६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने ९८.८ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।
हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ३१ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २८ जना रहेको छ।