× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनमा बस दुर्घटना हुदाँ ३० घाइते, ४ जनाको अवस्था गम्भिर

    १ वर्ष पहिले

    जेष्ठ १६, मुग्लिन
    आज दिउसो मुग्लिन नजिकै बस दुर्घटना भएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित मुग्लिन बजारमा बस दुर्घटना भएको हो ।

    काठमाण्डौ देखि पोखरा तर्फ आउदै गरेको ग १ ख ७७०१ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ३२ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    घाइतेहरुलाई मुग्लिन स्थित रहेको मुग्लिन हाइवे हस्पिटर र भरतपुर सरकारी अस्पताल पठाएको प्रहरीले जनाएको छ । बस आफै अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

    बस सडकमा पल्टिएको हुँदा केही बेर यातायात अबरुद्ध हुन पुगेको थियो ।