× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशमा हावा-हुरीको सम्भावना

    १ वर्ष पहिले

    जेठ -१८,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशमा हावा-हुरीको सम्भावना रहेको छ।

    विभागका अनुसार कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

    आज सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

    यस्तै, राती कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।