× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सेक्सलाई खेलकुदको श्रेणीमा राख्यो स्विडेनले, जुन ८ बाट युरोपेली सेक्स च्याम्पियनसिप हुँदै

    १ वर्ष पहिले

    जेठ-२१,स्विडेनले आधिकारिक रूपमा सेक्सलाई खेलको रूपमा घोषणा गरेको छ । योसँगै यहाँ पहिलो पटक यौन प्रतियोगिताको आयोजना गर्ने तयारी थालिएको छ ।

    यौन प्रतियोगितामा भाग लिने व्यक्तिहरू सेक्स सेसनमा सहभागी हुनेछन् जुन दैनिक ६ घण्टासम्म चल्नेछ । यौन प्रतियोगिताका विजेताहरू निर्णायकको प्यानलले निर्णय गर्नेछन् र दर्शकले पनि अन्तिम निर्णयलाई प्रभावित पार्न सक्नेछन् ।

    युरोपेली सेक्स च्याम्पियनसिप जुन ८ जुनबाट सुरु हुनेछ । यो ६ हप्तासम्म चल्ने छ । यसमा सहभागीहरूले आफ्नो खेलको अवधिको आधारमा दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म यौन क्रियाकलापमा संलग्न हुनेछन् ।

    यसबारे जारी गरिएको प्रतिवेदन अनुसार दर्शकले यौन प्रतियोगिताको निर्णयलाई प्रभाव पार्नेछन् र यौन गतिविधिका थुप्रै पक्षलाई केलाउनेछन् । दम्पतीबीचको केमेस्ट्री, सेक्सबारे ज्ञान, सहनशीलताको स्तर आदि कुरालाई ध्यानमा राखी विजेताबारे अन्तिम निर्णय गरिनेछ ।

    कामसूत्रको ज्ञान हुनेलाई बढी अङ्क

    विशेषगरी सेक्स र कामुकता सम्बन्धी संस्कृत शास्त्र कामसूत्रको ज्ञानले पनि निर्णयमा प्रभाव पार्नेछ । सहभागीहरूले कामसूत्र सम्बन्धी ज्ञानको आधारमा अङ्क प्राप्त गर्नेछन् ।

    आयोजकले विविधताका लागि विभिन्न यौन झुकाव राख्ने मानिसहरूलाई प्रतियोगितामा भाग लिन प्रोत्साहित गरेको छ । आयोजकले यस्ता व्यक्तिहरूले प्रतियोगितामा महत्त्वपूर्ण भूमिका खेल्ने र खेलको नतिजालाई असर गर्ने बताएका छन् ।

    यौन प्रतियोगिताका आयोजकहरूले कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै खेलकुद रणनीतिको एक हिस्साका रूपमा यौन अभिमुखीकरणलाई समावेश गर्नाले युरोपेली देशहरूमा ग्राउन्डब्रेकिङ विकास हुने बताए ।

    यसबारे सामाजिक सञ्जालमा विभिन्न खालका टिका टिप्पणी गरिएका छन् । कतिले यसलाई सकारात्मक रूपमा लिएका छन् भने कतिले यस्तो प्रतियोगितालाई नकारात्मक भनेका छन् ।