× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अत्याधिक गर्मीका कारण इच्छाकामना गाउँपालिका भित्रका विद्यालय ५ दिन बन्द रहने

    १ वर्ष पहिले

    जेठ-२१, अत्याधिक गर्मीका कारण चितवनको इच्छाकामना गाउँपालिका भित्रका विद्यालय ५ दिन बन्द रहने भएका छन् ।

    गाउँपालिकाले आइतबार सूचना निकालेर २२ जेठ सोमबार देखि २६ जेठ शुक्रबारसम्म विद्यालयमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

    अत्याधिक गर्मीका कारण विद्यालय सञ्चालन र नियमित पठनपाठनमा समस्याका साथै बालबालिकाको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न थालेको हुँदा चालु शैक्षिक सत्रको बर्खे बिदा कटौती हुने गरि ५ दिन विद्यालयमा बिदा दिने निर्णय भएको पालिका शिक्षा अधिकृत दुर्गा देवी खड्काले जानकारी दिए ।