× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सिमेन्ट बोकेको ट्रक त्रिशुलीमा खस्यो

    १ वर्ष पहिले

    जेष्ठ २२, चितवन
    आज विहान सिमेन्ट बोकेको लोड टिपर त्रिशुलीमा खसेको छ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर महानगरापलिका वडा नम्बर २९ स्थित सिमलतालबाट अन्दाजी १०० मिटर तल त्रिशुली नदिमा खसेर टिपर दुर्घटना भएकाे हाे ।

    दुर्घटनामा परि टिपर चालक गम्भीर घाइते भएको र उन्को उपचारको लागि भरतपुर पठाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    बानिया ट्रान्सपोर्टको बा प्र.०३ ००१ क ०१४० नम्बरको टिपर दुर्घटनामा परेकाे इलका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरिक्षक बिमल साँगीले बताएका छन् । टिपर पुर्णरुपमा त्रिशुली नदिमा डुवेको अवस्थामा छ भने सिमेन्ट दुर्घटना स्थल वरपर छरिएको अवस्थामा रहको छ ।