× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अनिल परियार हत्या प्रकरण : मुख्य आरोपित अशोक भण्डारी पक्राउ

    १ वर्ष पहिले

    जेठ-२४, भरतपुर–१२ का अनिल परियार (कान)को हत्यामा संलग्न आरोप लागेकामध्ये थप १ जना जेठ २३ गते पक्राउ परेका छन् । जसमा मुख्य आरोपित भनिएका अशोक सिं भन्ने अशोक भण्डारी पक्राउ परेका हुन् ।

    धारिलो हतियार प्रहार गर्ने मुख्य आरोपी भण्डारीलाई भारतबाट नेपाल आउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएका संयुक्त टोलीले रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चितवनमा दाखिला गरेका हुन्।निज भण्डारीलाई कानुनी कारबाहीका लागि आजै(बुधबार) जिल्ला अदालत उपस्थित गराइएको छ।

    ०७९ वैशाख २५ गते साँझ ७ बजेको समयमा भरतपुर–७ स्थित कृष्णपुर खेलकुद मैदाननजिक अनिलको हत्या भएको थियो । हत्याको आरोपमा भरतपुर–१५ बस्ने वर्ष ३५ को विश्व भन्ने हेमन्त बास्तोला, भरतपुर–१२ बस्ने वर्ष २३ को राहुल परियार र माडी घर भई हाल भरतपुर–१५ मा डेरा गरी बस्ने वर्ष २५ को रोहित सिलवाल ०७९ जेठ २४ गते पक्राउ परेका हुन् ।अर्का आरोपित सुशान्त उप्रेती अझै फरार छन्

    आरोपितमध्येका तिलक गैरे अदालतमा उपस्थित भइसकेका छन् । बास्तोला काठमाडौँबाट पक्राउ परेका हुन् भने परियार र सिलवाल चितवनबाट पक्राउ परेका हुन् ।

    हत्यासम्बन्धमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) चितवन आएको थियो । यसै घटना बुझ्न प्रहरीको बागमती प्रदेशबाट पनि एउटा टोली खटिएको थियो । चितवन प्रहरीसँगको सहकार्यमा घटना अनुसन्धान अघि बढे पनि प्रहरीले शतप्रतिशत सफलता हात पार्न सकेको छैन ।

    हत्याको आरोपमा दुई जना अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने अर्का अभियुक्तलाई धरौटीमा रिहा गरिएको छ । चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले विश्व भन्ने हेमन्त बास्तोला र राहुल परियार भन्ने सुनिल राउतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने विक्रम भन्ने रोहितप्रसाद सिलवाललाई २० हजार धरौटीमा रिहा गरेको छ ।

    चितवन प्रहरीले यस घटनामा ६ जनालाई आरोपित बनाई कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

    त्यसदिन रिजालचोकमा साथीहरुसँग बसेको अवस्थामा अनिललाई बाइकमा राखेर कृष्णपुर लगिएको थियो । बाइकबाट झर्दा अनिल बीचमा रहेको र लास्टमा अन्य एक अपरिचित व्यक्ति पनि रहेको राहुलले प्रहरीसँगको बयानमा बताएका छन् ।

    एकातर्फ बोधो र एकातर्फ तिखो धार रहेको चक्कुले छातीदेखि पेटको भागसम्म ३० पटक प्रहार गरिएको पोस्ट मार्टम रिपोर्टबाट खुलेको छ । घटनास्थलमा दुईवटा गोलीका खोकासमेत भेटिएको प्रहरीले बताएको थियो ।