× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बालेन शाहले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

    १ वर्ष पहिले

    जेठ-२५, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । शाह भारत भ्रमणमै रहेका बेला सचिवालयलाई आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएका थिए ।

    तर शाहको सचिवालयले यसलाई सांस्कृतिक नक्सा भनेको छ । “हामीले ग्रेटर नेपालको नक्सा आजैदेखि राखेका हौँ,” सचिवालयका एक सदस्यले भने । भारतले आफ्नो संसद् भवनमा सांस्कृतिक नक्सा भन्दै नेपाली भूभाग समेटिएको नक्सा राखेपछि त्यसले तरंग सिर्जना गरेको छ ।

    पूर्वमा टिष्टा र पश्चिममा काँगडासहितको भूभाग ग्रेटर नेपालभित्र राखिएको छ ।