× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राष्ट्रपति पाैडेल अस्पताल भर्ना

    १ वर्ष पहिले

    जेठ-३, राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि बिहान ७ बजे बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्र पुगेका थिए ।

    हृदयघात भएको थाहा पाएपछि ‘एन्जिओप्लाष्टि’ गरेर मुटुको बन्द धमनी खुलाइएको र उपचार भइरहेकाे अस्पताल स्रोतले बताएको छ । चिकित्सककाे उच्च निगरानीमा उनकाे उपचार भइरहेकाे अस्पताल स्राेतकाे भनाइ छ ।

    पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ ।

    राष्ट्रपति कार्यालयले भने उनका विषयमा कुनै जानकारी दिएको छैन ।