× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    असार ५ मा रामनगर खानेपानी आयोजनाको उद्घाटन रवि लामिछाने, रेनु दाहाल र हर्क साम्पाङले संयुक्त रुपमा गर्ने ।

    १ वर्ष पहिले

    चितवन : धरान पछि चितवनको भरतपुरमा प्राकृतिक स्रोत संरक्षण गरी खानेपानी पुर्याउने अभियान सफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ का सांसद रवि लामिछानेको अगुवाई र स्थानीयबासीको सक्रियतामा र हजाराैकाे श्रमदानबाट यहाँ खानेपानी घरघरसम्म पुर्याउने अभियान सफल भएको हो ।

    जापान सहयोग नियोग (जाइका) काे सहयाेगमा निर्माण सम्पन्न भइ सञ्चालनमा आएकाे खानेपानीकाे मुहान र पाइपहरू २०६० सालकाे बाढीले बगाएर लगेपछि यहाँ खानेपानीकाे चरम अभाव रहदै आएकाे थियाे । बाढीले बगाए पछि नेपाल सरकारकाे कुनै पनि निकायले यसलाइ मर्मत सम्भार गरेर वा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउन आवश्यक पहल नगरेकाे स्थानीय तुलसीराम श्रेष्ठले बताए । बारम्बारकाे प्रयास असफल भएपछि याे याेजना पुर्णरूपमा बन्द भएकाे अवस्था थियाे । तर प्राकृतिक स्रोत संरक्षण गरिएको खानेपानी नै दीर्घकालीन हुने हुँदा रास्वपाका सभापति रबि लामिछानेको सक्रियतामा झण्डै १ करोड रुपैयाँको पाइप र दैनिक सयाै जनाको श्रमदानबाट अभियान सफल भएको साे अभियानका एक अभियन्ता बिजय गुप्ताले बताए । भरतपुर २९ स्थित मगर खहरेखोलाको मुहानदेखि रामनगरसम्म खानेपानी पुर्याउने अभियान एक सय १३ दिनको अनवरत श्रमदानपछि सफल देखिएको अभियानमा सक्रिय रहनु हुने अर्काे अभियन्ता तुलसीराम श्रेष्ठले जानकारी दिए ।

    चितवन क्षेत्र नं. २ का सांसद रवि लामीछाने, भरतपुर मनपा प्रमुख रेनु दाहाल र धरान उप–मनपाका मेयर हर्क सम्पाङले संयक्त रुपमा एक समारोहका बीच असार ५ गते उद्घाटन गर्ने बिजय गुप्ताले जानकारी दिए ।

    जनश्रमदानबाट निर्माण सम्पन्न भएको उक्त योजनाबाट रामनगर, ठिमुरा, भत्तेरी, देवघाटसहितका तीन हजार जनाभन्दा बढी स्थानीय लाभान्वित हुनेछन् । भरतपुरमा अर्बौको खानेपानीका आयोजना सुरु भएपनि यहाँ प्राकृतिक स्रोत संरक्षणमा सञ्चालित खानेपानी दिगो र दीर्घकालिन हुने हुदाँ यसमा स्थानीयहरुको सक्रियता बढेको हो ।

    पानी आउन सुरु भएपनि अझै यसमा संकलन ट्यांकी, फिल्टर सिस्टमलगायतका थप व्यवस्थापन र प्राकृतिक प्रकाेप र अन्य कारणबाट क्षति नहुने गरी व्यवस्थापन गर्ने दीगो संरक्षणको काम भने बाँकी नै छ । विगतमा पनि जाईकाको सहयोगमा बनेको खानेपानीले यहाँ कुनै समस्या थिएन्, स्थानीय एवं अभियानका अग्रज तुलसीराम श्रेष्ठ र बिजय गुप्ताले भने, ‘यसलाई दिगो रुपमा संरक्षण गरी स्वच्छ खानेपानी पुर्याउने हामी सबैकाे उद्देश्य हो ।