× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मर्स्याङ्दी बाल क्लबद्वारा आयोजित जातिय पहिचानको पोशाक प्रदर्शनी कार्यक्रम सम्पन्न

    १ वर्ष पहिले

    असार-८, चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा रहेको मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुलमा जातिय पहिचानको पोशाक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।

    मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुलममा अध्ययनरत् विधार्थीहरुको मर्स्याङ्दी बाल क्लबद्वारा आयोजित जातिय पहिचानको पोशाक प्रदर्शनी कार्यक्रम बागमती प्रदेशका प्नदेश सभा सदस्य माननीय कृष्णप्रसाद सिलवालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो।

    मर्स्याङ्दी बाल क्लबकी अध्यक्ष दिप्ती लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुलका संचालन समितिका अध्यक्ष किशोर गुरुङ विशिष्ट अतिथि एवं बिधालयका प्रधानाध्यापक दिपक श्रेष्ठ अतिथि रहेका थिए।

    बाल क्लवकी सचिव स्मृति आलेले संचालन गरेको कार्यक्रममा स्कुलका क्याप्टेन प्रशंसा सिलवालले स्वागत मन्तव्य राखेकी थिइन्।

    विधालयका ४० छात्र छात्राले विभिन्न जातिय पहिचानको पोशाक लगाएर प्रदर्शन गरेका कार्यक्रममा प्रमुख अतिथि सिलवालले धर्म,संस्कार र संस्कृतिलाई सदवै संरक्षण गर्नुपर्ने बताउनुभयो।

    यस्तै, प्रमुख अतिथि सिलवालले विधालयले किताबी ज्ञानमा मात्र सिमित नराखेर जीवन उपयोगी कुराहरुमा जोड दिनुपर्ने र छात्र छात्राले पनि शिक्षा हासिल गरिसकेपछि त्यसलाई व्यवहारमा उतार्न सुझाव दिनुभयो।