× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनाको आर्थिक वर्ष २०८०/८१ को अनुमानित बजेट ६७ करोड १८ लाख ७० हजार ८ सय ४६ रुपैयाँ

    १ वर्ष पहिले

    असार-८, चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले आर्थिक बर्ष २०८०/८१ को अनुमानित बजेट ६७ करोड १८ लाख ७० हजार ८ सय ४६ रुपैयाँ ३ पैसा सार्वजनिक गरेको छ ।

    गाउँपालिका उपाध्यक्ष माया सिलवालले १३ औँ गाउँसभामा सार्वजनिक गरेको सो बजेट मध्ये संघिय सरकारबाट रु. ४७ करोड ४९ लाख ४५ हजार ९००, प्रदेश सरकारबाट रु ८ करोड १३ लाख ६ हजार ८८७ रुपैयाँ ३३ पैसा रहेको छ । आन्तरिक आय तर्फ भने रु १० करोड ५६ लाख १८ हजार ५८ रुपैयाँ ७० पैसा आय हुने अनुमान गरिएको छ ।

    व्यय तर्फ चालु खर्चको लागि रु ३८ करोड ५३ लाख ७० हजार र पूँजिगत खर्चको लागि रु २८ करोड ६५ लाख अनुमान गरिएको छ । सो मध्ये संघ एंव प्रदेश सरकारको हस्तान्तरित अनुदान फिर्ताका लागि रु २ करोड ९८ लाख ३८ हजारका साथै आर्थिक बर्ष २०७९/८०को भुक्तानी बाँकीको लागि रु १ करोड ५० लाख विनियोजन गरिएको छ ‌

    नेपाल सरकार तथा प्रदेश सरकारबाट समेत सशर्त अनुदान तर्फका कार्यक्रमहरु चालु खर्च शिर्षकमा हस्तान्तरण भई आएकोले चालु खर्चको हिस्सा ५७.३६ प्रतिशतका साथै पूजिंगत खर्चको हिस्सा ४२.६४ प्रतिशत हुने अनुमान गरिएको छ ।

    आर्थिक विकास तर्फ रु २ करोड ८ लाख ७५ हजार, सामाजिक विकास तर्फ रु २९ करोड ९ लाख १३ हजार, पूर्वाधार विकास तर्फ रु. २२ करोड ४३ लाख ४१ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ रु. २ करोड १२ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ११ करोड ५७ लाख २९ हजार विनियोजन गरिएको छ ।

    १३ औँ गाउँसभामा उपाध्यक्ष माया सिलवालले प्रस्तुत गरेका बजेटमाथि गाउँसभाका ८ जना सदस्यहरुले बजेट बारे आफ्नो धारणा राखेका थिए। बजेटमाथिको छलफलपश्चात गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले बजेट सर्वसम्मतले पारित भएको घोषणा गरेको हो।