× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशमा भारी वर्षा तथा मधेश प्रदेशमा हावाहुरीको सम्भावना

    १ वर्ष पहिले

    असार -११, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशमा भारी वर्षा तथा मधेश प्रदेशमा हावाहुरीको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

    आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।मधेश प्रदेशका धेरै भु-भागहरु र बांकी तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत संभावना रहेको छ।

    यस्तै ,राती कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन,चट्याङ्ग हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।कोशी प्रदेश र मधेश प्रदेशका धेरै भु-भागहरु र बांकी तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत संभावना रहेको छ।