× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन नारायणगढ सडकखण्डमा फेरि खस्यो पहिरो,आज खुल्न सक्ने सम्भावना न्यून

    १ वर्ष पहिले

    असार-१५, नारायणगढ-मुग्लिन सडकमा बिहीबार दिउँसोदेखि पहिरो खसेर बन्द रहेको सडक अझै खुल्न सकेको छैन । शुक्रबार बिहान देखि पहिरो पन्छाउने काम शुरु गरेको भएपनि थप ठुलो पहिरो खसेर आज बाटो खुल्ने सम्भावना न्युन बनेको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन देखि २ किलोमिटर नारायणगढ तर्फ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ ।

    आज (शुक्रबार )बिहान साढे ६ बजे देखि पहिरो पन्छाउन काम शुरु गरेको भएपनि थप ठुलो पहिरो खसेर बाटो खुल्ने सम्भावना न्युन बनेको छ।

    पहिरो हटाउदै लिडर
    पहिरो नजिकै रातभर देखि कुरेर बसेका यात्रुहरु
    मुग्लिन बजारमा अस्तब्यस्त अवस्थामा सवारी साधनहरु
    मुग्लिन बाट पुलजिप तनहुँ हुदै नारायणगढ मुग्लिन सडकको पाँच किलो भन्ने ठाउँ सम्म पैदल यात्रा गर्दै यात्रुहरु